काठमाडौं- प्रतिनिधिसभाबाट नेपालको संविधान संशोधन विधेयक २०७७ दुई तिहाइभन्दा बढी मतले पारित भएको छ। विधेयकमा मतदान हुँदा पक्षमा २५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो। प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मतदान भएको थियाे। भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा…