मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलपाटा अस्पतालका लागि प्रदेश सरकारसँग १२ करोड माग

बयलपाटा अस्पतालका लागि प्रदेश सरकारसँग १२ करोड माग


अछाम ।

जिल्लाबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरुले बयालपाटा अस्पतालमा देखिएको आर्थिक संकटको समाधानको लागि प्रदेश सरकारसँग १२ करोड बजेटको व्यवस्थापन गर्न माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई अछामबाट प्रतिनिधित्व गर्ने ६ जना सांसदले बयालपाटा अस्पताललाई बिदेशी निकायले प्रदान गर्दै आएको रकम कटौति गरेपछि अस्पताल सञ्चालनमा समस्या भएको भन्दै १२ करोड रकम माग गरेका छन् ।

प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर, अक्कल रावल, बल बहादुर सोडारी, मिना साउँद, दुर्गा बिक र अम्बी कुमारी थापाले सयुक्त रुपमा हस्ताक्षर गरी प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेटमा उक्त रकम माग गरेका छन् ।

संयुक्त रुपमा हस्ताक्षर गरिएको पत्रमा मुुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पनि बोधार्थ गरिएको छ ।

सुदूरका पहाडी र कर्णाली प्रदेशका जनतालाई निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको अस्पतालमा दाताले बजेट कतौती गरेपछि समस्या उत्पन्न भएको भन्दै उक्त रकम माग गरिएको हो ।