मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो, १६ जनाको मृ’त्यु

देशभर कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो, १६ जनाको मृ’त्यु


काठमाडौं । नोभेल कोरोना भाइरसका ४४८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टमा देशभर ४४८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

जसमा ४२४ पुरुष र २४ महिला रहेका छन् । देशभर कोरोना संक्रमितको संख्या ५ हजार ६३ पुगेको छ । जसमा  ४ हजार ७०९ पुरुष छन् भने ३५३ महिला रहेका छन् ।

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । हालसम्म देशभरका विभिन्‍न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि ८७७ जना डिस्चार्ज भएका छन् । 

देशभर हालसम्म एक लाख २१ हजार ८६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२५  पीसीआर परीक्षण गरिएको छ । 

देशरभका क्‍वारेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४हजार १६९ कोरोना संक्रमित रहेका छन् ।