काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्ने भारतीय कदमले नेपालको सार्वभौमसत्तामा आघात पुगेको जनाएको छ । भारतीय कदमले दुई देशबीचको प्रगाढ सम्बन्धमा खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै भारतले गरेको भूमि अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई…