धामी झाक्रीको भर पर्दा अस्पताल ल्याउन ढिलो गरेकाले ज्यान गएको डाक्टर गौचनको भनाई
पूर्ण बहादुर खड्का, अछाम ।
अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा लगिएकोमा उनको सल्यक्रिया हुन नपाउदैँ ज्यान गएको उनका श्रीमान मान बहादुर साँउदले जानकारी दिएका छन् ।
सल्यक्रिया गर्नको लागि तयारी अवस्थामा राखिएको थियो तर अप्रेसन कक्षमा लिन नपाउदैँ उनको ज्यान गएको बताईएको छ । त्यस बखदमा साँउदको नाँकमुखबाट पनि रगत बगेको थियो ।
सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि राामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदको हेलिकप्टर मार्फत उद्धार गरि कोहलपुर रेफर गरिएको थियो ।
भटाकाटिया स्वास्थ्य चौकीमा सुत्करी भएकी साँउदको पेट दुखाई भएपछि उनलाई गाँउमा धामी झांक्रीको उपचार गराउन लाग्दा अस्पताल ल्याउन ढिलाई भएकाले ज्यान गएको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।
अहिलको २१ औँ शताव्दीमा पनि अस्पतालमा लिएर स्वास्थ्य उपचार गराउनुको साटो मान्छेहरुले धामी झाक्री कै भर पर्नुले अकालमै मातृ मृत्यु हुने गरेकोमा डाक्टर गौचनले दुख व्यक्त गरे । २५ दिन सुत्केरी भएको भईसक्दा पनि अस्पतालमा ढिलो गरी पुर्याउनुले उपचारमा ढिलाई भएको डा. गौचनको भनाई छ ।
साथै उहाँले अस्पताल पुर्याईसकेपछि पनि दुर्गम क्षेत्रका अस्पतलाको उपचार गर्न सक्ने अस्पतालको क्षमता अभिबृद्धी गर्न नसक्नुले यस्ता घट्ना दोहरिनसक्ने डाक्टर गौचनको भनाई छ । स्थानिय सरकार, प्रदेश सरकारले यसमा बिशेष ध्यान दिएर प्रणाली सुधार गरी सल्यक्रिया गर्न सक्ने गरी क्षमता बृद्धि गर्नको लागि पहल गर्जुपर्नेमा उहाँको जोड छ ।
जिल्लामा अहिले पनि यातायातमा कठिनाई कायमै रहेकाले पनि जिल्लाका दुर्गमका नागरिकलाई अप्ठेरो हुने गरेको छ । साथै उहाँले के कारणले सुत्केरीको मृत्यु भयो भनेर पत्ता लगाउनु महत्वपुर्ण कुरा भएको बताए ।
साथै डाक्टर गौचनले उनको पोष्टमार्टम गरी रगत कहाँबाट बगेको रैछ, अंगमा चोट लागेर पेटमा रगत जमेको हो वा अन्य कारणले रक्तश्राब कसरी भयो भन्ने कुरा पत्ता लगाउनु जरुरी रहेको बताए । जसले गर्दा भबिष्यमा हुने मातृ मत्युलाई पनि कम गर्न मद्दत पुग्ने डा. गौचनको भनाई छ ।
बयालपाटा अस्पतालमा चेकजाँच गर्दा रुक्तश्राव बढी भई साँउदको पेटमा रगत जमेको देखिएपछि उनलाई थप उपचारका लागि उनलाई हेलिक्पटर मार्फत कोहोलपुर रेफर गरिएको थियो । २५ दिन पहिले सुत्केरी भएकी साँउदलाई शुनिबार मात्रै अस्पताल ल्याईएको थियो ।
प्रतिक्रिया