मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ जना नयाँमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९

७ जना नयाँमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९


काठमाडौं – नेपालमा कारोना संक्रमितको संख्या एक सय ९ पुगेको छ । शनिबार एकैपटक थप सात जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि यसको संख्या एक सय ९ पुगेको हो ।

उदयपुरका ३, कपिलवस्तुका ३ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीय तीन जना महिला रहेका छन् । उनीहरुको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर टेस्ट गरिएको थियो ।

यस्तै कपिलवस्तुमा दुई जना १८ वर्षीय र एकजना १७ वर्षीय युवामा संक्रमण देखिएको छ । पर्साको छपकैया निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परिक्षण गरिएको थियो ।