काठमाडौं- गत भदौ १३ मा बेनीका १८ वर्षीय युवक आँखाको समस्या लिएर पोखरास्थित हिमालय आँखा अस्पताल पुगे। उनलाई आँखा रातो हुने, चिलाउने, धमिलो देख्नेलगायतका समस्या भएको थियो। आँखामा समस्या देखिएको चौथो दिन उनी अस्पताल पुगेका थिए। अस्पताल पुग्दा उनको अवस्था जटिल बनिसकेको थियो। उनको आँखामा सापु अर्थात् सिजनल हाइपरएक्युट पानुभिआइटिस भएको पुष्टि भयो। आँखाको रेटिना पुरै…