मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेषलाई आर्थिक लाभ हुने योग, समग्रमा यस्तो हुनेछ आजको दिन

मेषलाई आर्थिक लाभ हुने योग, समग्रमा यस्तो हुनेछ आजको दिन


आजको पञ्चाङ्ग: आज मिति २०७८ असोज ७ गते बिहीबार, इस्वीसंवत सेप्टेम्वर २३ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार आश्विनकृष्ण पितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितृपक्षको द्धित्तीय तिथि रहनेछ । आज नक्षत्रमा रेवति, विष्कुम्भादि योगमा धु्रव, करणमा वणिज र आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३० घटि १२ पला अर्थात् १२ घण्टा १२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ५३ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ५ः५७ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला।

वृषः आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यस कारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यस कारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आज पूर्व दिशाको यात्रामा ननिस्कनु राम्रो हुनेछ । सामाजिक एवं धार्मिक कार्यमा समय शुभ छ । 

मिथुनः आज पनि समय शुभ छ । व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ“ समान  किनमेल हुनेछ । आज उत्तर दिशाको यात्राले लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ ।

कर्कटः आज पनि समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईँ आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरू काम तपाईँले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबाट धन प्राप्त हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

सिंहः आज पनि स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, दुखको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश र हताश नहुनुहोला । टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ । 

कन्याः आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँ“मा नजानु होला । बदनाम अपमानको सम्भावना पनि  छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भई जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसँग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा २ बजेपछिको समय मध्यम शुभ रहनेछ । 

तुलाः आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँ“बाट धन प्राप्त हुन सक्नेछ । जमिन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ठ मित्रसँगको भेट, पेसागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन् । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।  

वृश्चिकः आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एक प्रकारको ढुक्कपन रहने, दौडधुप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ । आज दिउसो ३ बजेपछि स्वास्थ्यमा केही समस्या देखिनेछ । विशेषगरि खानपानमा ध्यान पुर्‍याउन आवश्यक छ ।

धनुः आज जन्म राशिदेखि नवौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बदनाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भई जाने अवस्था छ । आज टाढाको यात्रा, महत्त्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ । समग्रमा समय खराब छ । सतर्क हुन आवश्यक छ ।

मकरः आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुल कुटुम्बका व्यक्तिजन एवं मित्र जनसँग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । तर दिनमा ३ बजेपछि शुभ ग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । परिवारजनमा खुसी र सुखी बनाउन सकिने, धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ।

कुम्भः आज पनि समय शुभ छ । दुःख कष्टहरू हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेष गरी आज पढाई लेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठुलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । अरू व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् तर दिउसो ३ बजेपछि भने हरेक कार्यमा होसियारी अपनाउनु आवश्यक छ ।

मीनः आज पनि समय खराब छ । आ“फूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ठ मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।  दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साइतः आज सूर्य कन्या र चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ५ः५० बजेदेखि         ७ः२२ बजेसम्म         शुभ बेला

बिहान ७ः२२ बजेदेखि         ८ः५४ बजेसम्म         रोग बेला

बिहान ८ः५४ बजेदेखि      १०ः२५ बजेसम्म         उद्धेग बेला

बिहान १०ः२५ बजेदेखि        ११ः५७ बजेसम्म        चर बेला

बिहान ११ः५७ बजेदेखि        १ः२८ बजेसम्म         लाभ बेला

दिनमा १ः२८ बजेदेखि         ३ः०० बजेसम्म         अमृत बेला

दिनमा ३ः०० बजेदेखि         ४ः३२ बजेसम्म         काल बेला

दिउँसो ४ः३२ बजेदेखि        ६ः०३ बजेसम्म          शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय: दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)