काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आपत्ति जनाएका छन्। नेता रावलले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन् , ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नु पर्ने विषय उठाई भारतसँग कुरा गर्नु पर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने…