मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपी सामन्तवादी युगको अन्त्य गरी लोकतन्त्रको लागि लडेका युगान्तकारी नेता : सभापति स्वाँर

बिपी सामन्तवादी युगको अन्त्य गरी लोकतन्त्रको लागि लडेका युगान्तकारी नेता : सभापति स्वाँर

बिपी परिर्वतनका लागि लडेका राष्ट्रवादी नेता भएको नेबिसंघ अछामका पुर्व अध्यक्ष एवंम महासमिती सदस्य कुवँरको भनाई


३८ औँ बिपी जयन्तीमा नेविसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान

अछाम । नेपाल बिद्यार्थी संघ अछाम पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय बन्दै गएको छ । नेबिसंघ अछामले ३८ औँ बिपी जयन्तीको अवसरमा जिल्लाको बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला कार्य समिती अछामको पहलमा रक्तदान कार्यक्रम गरी अस्पतालमा १४ पिन्ट रगत जम्मा गरिएको नेबिसंघ अछामका सचिब बमबहादुर स्वाँरले बताए । नेबिसंघमा आवद्ध र अन्य गरी १४ जनाले कार्यक्रममा रक्तदान गरेका सचिव स्वारले जानकारी दिए ।

रक्तदान पछि जिल्ला सचिव स्वारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति भरत कुमार स्वाँर प्रमुख अथिति रहनुभएको थियो । सभापति स्वाँरले आफ्ना पार्टीका संस्थापक नेता बिपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेकोले उहाँका निति अहिले पनि उत्तिकै सान्र्दभिक रहेको औल्याएका थिए ।

सभापति स्वाँरले बिपीले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रको लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको भनाई व्यक्त गरे । मुलुकको कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासका पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पूर्व जिविस सभापति समेत रहेका स्वाँरले विपीको आदर्श र सिद्धान्तलाई नभुल्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी नेबिसंघ अछामका पुर्व जिल्ला अध्यक्ष एवंम महासमिती सदस्य राजन कुवँरले बिपी समाजवादको प्रणेता, साहित्यकार, राष्ट्रवादी नेता भएकाले उहाँलाई देशले सम्झीरहेको बताए । आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको नीति लिएर नेपाल फर्की देशको विकास परिर्वतनका लागि लडेको युवा नेता कुवँरले उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव भरत कुमाल, सदस्य कालुसिंह कुवँर, क्षेत्र नं.१ का क्षेत्रिय सभापति कृष्ण बुढा, क्षेत्र नं. २ का सभापति लक्ष्मण शाह, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य राम बहादुर कुवँर, नगर सभापती मोहन कुवर, नेबिसंघ सिटिईभिटीका उपाध्यक्ष उमेश कुवँर, जिल्ला सदस्य पूर्ण बहादुर विक, भिम कुवँर लगायतको सहभागिता रहेको थियो ।

नेपालका पहिलो जननिर्वाचित प्रधामन्त्री एवम तत्कालिन नेपाली कांग्रेसका सभापति स्वर्गिय बिशेश्वर प्रसाद कोईरालाको स्मझानामा हरेक बर्ष स्मृती जयन्तीमा कांग्रेस अछामले विभिन्न कार्यक्रम तथा बिचारगोष्ठीको आयोजना गर्दै आईरहेको छ भने उसका भातृ संघसंगठनले पनि सामाजिक कार्य गर्दै आईरहेहका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता बिपीलाई जननायक तथा शिखर पुरुषको संज्ञा दिने गरिन्छ । यसअघि बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस अछामले मंगलबार जिल्लामा बिचारगोष्ठी तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।