चितवन– नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले विभाजन र एकता कम्युनिस्ट आन्दोलनमा ७० वर्षदेखि रहेको बताएका छन्। शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा पोखरेलले अन्तविरोधहरु समाजमा स्थिर नहुने बताए। सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको उनको भनाइ छ। ‘द्वन्द्व छैन भने सामजिक विकास रोकिन्छ। मतभेद र तितक्ता भएपनि विकासका लागि सहकार्य आवश्यक छ। चुनौती र सम्भावना दुवै सँगसँगै छन्’, उनले भने। …