मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल

माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल


चितवन– नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले विभाजन र एकता कम्युनिस्ट आन्दोलनमा ७० वर्षदेखि रहेको बताएका छन्।

शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा पोखरेलले अन्तविरोधहरु समाजमा स्थिर नहुने बताए। सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको उनको भनाइ छ।

‘द्वन्द्व छैन भने सामजिक विकास रोकिन्छ। मतभेद र तितक्ता भएपनि विकासका लागि सहकार्य आवश्यक छ। चुनौती र सम्भावना दुवै सँगसँगै छन्’, उनले भने। 

समाजवादी आकांक्षा अल्मलिएको बताउँदै एमालेतर्फ संकेत गर्दै उनले भने,‘एक्लै हिँड्ने तरिकाले कहीँ पुगिदैन।’

उनले नेपाली कम्युनिस्ट आन्दोलनमा थुप्रै समस्या भएको पनि बताए। कम्युनिस्टहरुका विभक्त मनोविज्ञानलाई केन्द्रिकृत गर्नुपर्ने उनको भनाइ छ।

‘आज कम्युनिस्टहरुमा विभक्त मनोविज्ञान केन्द्रिकृतको समस्या छ। सिद्धान्तको समस्या छ। विचार व्यवहारको सन्तुलनको समस्या छ। जडसुत्र र व्यवहारवाद दुवै समस्या हुन्’, पोखरेलले भने।