धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले धनगढीमा भएको घटना एमाले फुटाउने र सिध्याउने षडयन्त्र हुनसक्ने बताएका छन्। बुधबार भएको घटनापछि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको आरोप लगाए। तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले उक्त घटना भएको रावलको आरोप छ। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी…