काठमाडौं– खानपान व्यवस्थित नहुँदा निद्रा लाग्दैन। निद्राको कमीले टाउको दुख्छ। शरीर दुख्छ। हार्मोन सन्तुुलनमा गडबडी हुन्छ। मोटोपन, चिन्ता, निराशा जस्ता समस्या देखिन्छन्। त्यसैले स्वस्थ जीवनका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्। यति मात्र होइन, खानपानमा व्यस्थित नभए जीवनशैली अस्तव्यस्त बन्छ। यिनै कारणले पनि तनाव, उच्च रक्तचाप, हृदय रोग, मधुमेह रोगीको संख्या बढेको चिकित्सक बताउँछन्।…