मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले उजाड बन्यो सैनिबजार, सपनामै सुस्ताए सैनीबसी

बाढीले उजाड बन्यो सैनिबजार, सपनामै सुस्ताए सैनीबसी


  • सागर साउद।

अछामको रामारोसन सिनि बाढी पहिरोले उजाड बनेको छ। प्राकृतिक प्रकोपले त्यो ठाउमा बिपत आइदियो। बर्षातको मौसम हाम्रा लागि सधै प्रकोपको कहर लिएर आउने गर्छ। प्रकोप या बिपती प्रकृति संग जोडिएको हुन्छ, यस्लाइ हामिले चाहेर पनि पुर्णरुपमा रोक्न सक्दैनौ।

अहिले हामी मानव जाती कोरोना भाइरसको महामारी संग जुधिरहेका बेला हामी नेपालिले भने थप बाढी पहिरोको प्रकोप पनि स्विकार्नु परिरहेको छ। प्रकोपको कारण पुरै देशको जनजीवन अस्तब्यस्त भैरहेको समाचार दिनानुदिन आइरहदा सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला पनि यस्बाट अछुतो भने रहन सकेन।

भाद्र २ गते राती गएको अछामको रामारोसन क्षेत्रको सैनि बस्तिमा आएको बाढिले हालसम्म ६ जनाको मात्रै शब प्राप्त भएको छ भने ११ जना अझै सम्पर्कबिहिन छन। २२ वटा घर पुर्ण रुपमा बगाएको छ, करोडौंको धनमालको क्षति भएको छ। भोलिको त्यो सुन्दर बिहानिको सुन्दर सपना लिदै निन्द्रामा मस्त सुस्ताइरहेका सैनी बासि बिहानिपख देख्न नपाउदै सदासदाको लागि सुस्ताएका छन।

यो हृदय बिदारक घटनाले पुरै अछाम सोकमग्न भएको छ। सरकारले प्राकृतिक प्रकोपको जोखिम ब्यबस्थापन र न्यूनीकरण गर्ने बिषयलाइ आफ्नो प्राथामिकतामा राखेपनी हरेक बर्ष दोहोरिने यसखाले जोखिमलाइ भने न्यूनीकरण गर्न सकिरहेको छैन।

सरकारले यस्ता घटना दोहोरिन नदिन समयमै यस्लाइ न्युनिकरण गर्नका लागि तिनै तहको सरकारले यसका लागि सर्बप्रथम जोखिममुक्त बस्ती र क्षेत्रको पहिचान गर्ने,बिपतको पुर्ब अनुमान गर्ने, सम्भाबित बिपतको प्रक्षेपण गर्ने, प्राकृतिक बिपतका सुचना संकलन गर्ने ,ती सुचनाको अध्यन अनुसन्धान गरि प्रकोप नक्साङ्कन गर्ने, यस्ता नक्सालाइ राष्ट्रिय एवं स्थानिय पत्रपत्रिका सामाजिक संजाल,सरकारी बेबसाइट लगाएत बाट नियमित प्रकाशन गर्ने गराउने काम गर्नु पर्दछ।

उच्च जोखिम देखाएको ठाउमा मानव बस्ती बिकाश गर्न नदिने,जनताको पहुचमा समयमै सुचना पुग्ने संयन्त्रको बिकाश गर्ने, बिपत पुर्ब नै स्थानिय जनतालाइ सुरक्षित स्थानमा सार्न जनशक्ति र साधन तयारी अवस्थामा राख्ने लगाएतका काम गरे मात्र सम्भाबित जोखिम न्यूनीकरण गर्न सकिन्छ । यस्ता घटना पुनः ह दोहोरिन नदिन राज्य तुरुन्तै केन्द्रित बन्नु पर्छ। अनन्त, अछाम बाढिबाट ज्यान गुमाउने सम्पुर्ण प्रती भाबपुर्ण श्रद्धाञ्जली साथै घाइते प्रती सिघ्र स्वास्थ्य लाभको कामना।