मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पिसिआर मेसिन संचालनका लागि थालिएको अभियान सुरुवातमै तुहियो

अछाममा पिसिआर मेसिन संचालनका लागि थालिएको अभियान सुरुवातमै तुहियो

'कमलबजारमा भने छिट्टै संचालन हुने विश्वास'


प्रदेश सरकारको प्रतिबद्धता समेत घोषणामै सिमित, कमलबजारमा भने छिट्टै संचालन हुने विश्वास

अछाम । जिल्ला स्थित बयालपाटा अस्पतालमा श्रावण महिना भित्रै कोरोना भाइरस परिक्षणको लागि पिसिआर मेसिन सञ्चालन ल्याउने भनिएतापनि भाद्र महिना लाग्दा समेत कुनै सुनुवाई भएको छैन । असार २७ गते नै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले पिसिआर मेसिनको लागि बजेट बिनियोजित भईसेकेकोले छ्टिटै संचालनमा ल्याउने बताएका थिए ।

उ बेला नै पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक भएका कारण केही ढिलाई भएको बताएका मन्त्री शाहले श्रावण महिनामै संचालनमाल्याउने उद्ध्घोष गरेका थिए । तर अहिले सम्म पिसिआर मेसिन जडान गर्ने तथा संचालन गर्ने सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको बयालपाटा अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला भित्रै बाट कोरोना भाईरसको परिक्षणका लागि पिसिआर मेसिन खरिद गर्ने अभियानले पनि पूर्णता पाउन सकेको छैन । जिल्लामै कोरोना भाईरसको परिक्षण गर्ने भन्दै थालिएको अभियानले पूर्णता पाउन नसकेको हो । जिल्ला स्थित विभिन्न संघ संस्था एव समाजसेवी व्यक्ती मिलेर पिसिआर मेसिन खरिदका लागि अभियान सुरु गरेपनि अभियान सुरुवातमै तुहिएको छ ।

हप्ता दिन सम्म अािर्थक संकलन अभियान गरेर मेसिन खरिदका लागि ४ लाख भन्दा बढी रकम समेत संकलन गरिएको भएपनि पछि गएर त्यो बिचमै रोकिएको छ । जिल्लामा कोरोना भाईरस कोभिड १९ को संक्रमण बढ्को भन्दै अछाम उद्योग बाणिज्य संघको नेतृत्वमा पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि पहल सुरु भएको थियो। अभियान थालनी भएको महिनौँ बितिसक्दा पनि हालसम्म थप कुनै पहल हुन सकेन ।

विभिन्न संघ संस्था तथा व्यक्तीहरुले मेसिन खरिदका लागि अभियान गरेर जिल्ला भित्रै छिटो परिक्षण गर्ने बातावरण सृजना गर्न मेसिन खरिद गर्ने पहल थालिएको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडाएतले बताएका थिए ।

जिल्ला स्थित अछाम उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योग वाणिज्य संघ अछाम संगै बि.एफ.आई. क्लब, होटेल तथा पर्यटन व्यावसायी संघ, गैर सरकारी संस्था महासंघ, शिक्षक महासंघ, नागरिक समाज, महिला अधिकार मञ्च, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य संघ संस्थाहरु, बुद्धिजिवि नागरिकको संलग्नतामा पिसिआर मेसिन खरिद गर्न अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको संयोजकत्वमा कार्यदल नै गठन गरिएको थियो ।

तर हाल आएर यसका लागि थप कुनै पनि प्रक्रिया तथा चाँसो नदेखिएिको स्थानियहरुले गुनासो गर्न थालेका छन् । पसिआर मेसिन खरिद गर्न सहयोग पुगोस् भनेर त्यो बेला आफुले पनि सहयोग गरेको तर पछि त्यो अभियान कहाँ पुग्यो के के प्रगति भयो भन्ने बारे जानकारी नै नपाएको हेल्प अछामका अध्यक्ष एवंम व्यावसायी हिमाल कुवँरले बताए ।

यता उद्योग बाणिज्य संघ अछामका अध्यक्ष एवं पिसआर मेसिन खरिद अभियानका संयोजक महेन्द्र कडायतले भने पिसिआर मेसिन खरिदका बिषयमा के गर्ने भनेर छलफल भईरहेको र छिट्टै बैठक बसेर निष्कर्ष निकालिने जानकारी दिए । सुदूर आजसंग कुरा गर्दै संयोजक कडायतले असार मसान्तको बेला अभियान सुरु भएको र लकडाउन, निशेधाज्ञा तथा संक्रमणको जोखिम जिल्लामा बढेका कारण अभियानलाई निरन्तरता दिन नसकिएको उल्लेख गरे । अभियानको क्रममा उठेको रकम बैँकको खातामा जम्म गरिएको र आगामी दिनमा अभियानलाई निरन्तरताका बिषयमा छलफल गर्ने र यदि त्यसो हुन नसकेमा उठेको रकम फिर्ता गरिने उनले बताए ।

तर उता कमलबजार नगरपालिकाले भने कोरोना भाईरस परिक्षण्का लागि पिसिआर मेसिन संचालनको अन्तिम चरणमा रहेको बताएको छ । प्रयोगशालाका लागि भवन तयार भईसकेर ७ वटा उपकरण समेत प्राप्त भईसकेको नगर प्रमुख ओमप्रकाश बिष्टले बताए ।

बाँकी रहेका ३ वटा उपकरण चिननबाट काठमाण्डौँ आईसकेको बताउदैँ नगर प्रमुख बिष्टले काठमाण्डौँ बाट आउन ढिलाई भएको तथा लकडाउनले समेत असहज भएको जानकारी दिए तर अब सिफारिस पठाएर पनि छिट्टै सबै सामाग्री मगाएर हप्ता दिनभित्रै पिसिआर मेसिन संचालन गरिने उनको भनाई छ ।

यी पनि पढ्नुस