मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाद्वारा बाढी पिडीतलाई राहत वितरण

गाउँपालिकाद्वारा बाढी पिडीतलाई राहत वितरण


बाजुरा – जिल्लको पुर्वी उत्तरी भेगमा आएको बाढी बाट पिडित हिमालि गाउंपालिकाको वडा नं ५ को क्युडीका बाढी पिडीतलाई राहत वितरण गरिएको छ।

साउन २५ गते राती परेको अविरल वर्षा सँगै आएको बाढी  पहिरोका कारण ६ घर वगाएको थियो उक्त पहिरोबाट पिडित बनेकालाइ राहत वितरण गरिएको वडा न ५ का वडाध्यक्ष अम्मलाल कार्कीले  बताए ।

करिव छ हप्ता अगाडी आएको अविरल वर्षाले हिमाली गाउपालिको क्युडीमा पहिरो जादां ६ घर बगाइ अधिकांस घर वस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन्। हिमाली गाउपालिकाको वडा नं २ को रुम्दीका सयौ परिवार पहिरोबाट विस्थापित भएकालाई गाउँपालिकाले राहत स्वरुप त्रिपाल वितरण गरेको गाउपालिकाले जनाएकाे छ।

बाढी पहिरोबाट विस्थापति भएका क्युडीका ६ घर बाढीले बगाउदा उनीहरुलाई खानबस्न निकै समस्या भएकाले गाउपालिकाले राहत सहयोग गरेको हो । उक्त राहत वितरण कार्यक्रममा गाउपालिकाका अध्यक्ष गोविन्द्र मल्ल, प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही, वडा नं ५को वडाध्यक्ष अम्मलाल कार्की, र वडा सदस्य विर वहादुर बुढाको रोजगार संयोजक बिर्खराज पाण्डे सहभागिता रहेको वडाध्यक्ष अम्मलाल कार्कीले जानकारी दिनुभयो ।