धनगढी: सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दशैंका बेलापनि कोरोना भाइरसको परीक्षण हुने भएको छ। दसैँको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिइने अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ‘कोरोना परीक्षण रोकिँदैन। ल्याबका कर्मचारी डिउटी मिलाएर काम गने हुँदा सिमित मात्रामा चाँहि हुन्छ’ उनले भने।