धनगढी– सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी…