मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरा मात्रै सन्तान हो भन्ने सामाजीक परम्परा तोड्न जरुरी छ : अनमी ढुगाँना

छोरा मात्रै सन्तान हो भन्ने सामाजीक परम्परा तोड्न जरुरी छ : अनमी ढुगाँना


अछाम – जिल्ला अस्पताल अछाममा कार्यरत सिनीयर अनमी शुसिला ढुगाँनाले छोरा र छोरी बिच हुने विभेद समाजमा अझै पनी कायमै रहेको बताएकि छन् । समाजले अहीले पनी छोरालाई मात्र सन्तान सम्झिने गरेकाले यस्ता परम्परा समाजबाट तोडन जरुरी रहेको उनको बुझाई छ।

जिल्ला अस्पताल अछाममा विगत लामो समयदेखि गर्भवती तथा सुत्केरी जेकजाँज सहित आवश्यक परामर्शको बारेमा अछामका हरेक महिला दिदिहीनीसँग साक्षात्कार गर्दा परम्परागत रुपमा समाजमा मान्दै आएको परम्पराले गर्दा छोरालाई मात्र उनिहरुले सन्तान मानिरहेको उनले बताईन। हरेक दिदिबहीनीसँग छोरा छोरी कतिछन भन्दा छोरालाई मात्र सन्तान गन्ने गरेर भन्ने गरेको उनले भनिन् ।

अझैपनी छोराकै लागी ५/६ भन्दा बढी छोरी जन्मेपनी बच्चा जन्माउने आमा थुप्रै अछाम जिल्लामा रहेको भन्दै ढुंगानाले गर्भको बच्चा पहिचान गरि भुर्ण हत्या गर्न नपाउने गरि नेपालमा कानुन बुझ्न आवस्यक रहेको छ ।

नेपालका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मिले पहिचान सहीत नभन्ने गरेकाले पाहाडी जिल्लाका नागरिक भारतमा गएर समेत गर्भको बच्चाको पहिचान गरेर भुर्ण हत्या गर्दै आईरहेका उनले बताईन। छोरी भए उतै गर्भपतन गराएर आउने यदि गर्भको बच्चा छोरा छ, भने सरकारी स्वास्थ्य संस्थाको सुबिधाको लागी कार्ड बनाउन आउने गरेका छन।

छोरा वा छोरी २ बच्चा ईश्वरका बरदान भएकाले त्यतिमै सिमीत राखेर बाँकी शिक्षा, पोषणमा हरेक अभिभावकले ध्यान दिनु पर्नेमा उनको जोड छ । सुदूरआजसँगको कुराकानीको क्रममा ढुगाँनाले अस्पतालमा दैनिक जसो ३ जना भन्दा बढी गर्भपतन गर्न सेवाग्राही आउने गरेको बताइन् ।

अधिकाँश श्रीमानको कारणले नै परिवार नियोजनाका अस्थायी साधन प्रयोग नगर्दा समस्या आउने गरेकोले गर्भपतन गर्न बाध्य भएका उनले बताईन। गर्भपतनले गर्दा महिलाको स्वास्थ्यमा निकै समस्या बढदै जाने भएकाले त्यसो गर्न समेत उनको आग्रह छ ।

जिल्ला अस्पतालमा गर्भवती तथा सुत्केरी सेवा सहित परिवार नियोजनका अस्थायी साधनको प्रयोग तथा आवश्यक परामर्श निशुल्क प्रदान गरिने भएकाले सबैलाई सेवा लिन आग्रह समेत ढुंगानाको छ ।