मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक न्यायका लागी पञ्चदेवल सरकार निरन्तर अनुगमनमा

सामाजिक न्यायका लागी पञ्चदेवल सरकार निरन्तर अनुगमनमा


हिंसा खेपेर नबसी यायिक समिती र प्रहरीमा खुलेर प्रस्तुत हुन दुरदाराजका महिला तथा किसोरीहरुलाई उप प्रमुख चलाउनेको आग्रह

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले निरन्तर बजार अनुगमनलाई तिब्रता दिइरहँदा दशै तिहारमा छड्के चेक तथा ब्यापारिक गतिबिधी निरिक्षणमा जोड दिएको छ ।

सामाजिक हिंसा न्युनिकरण गर्न अवैध कमशल तथा गुणस्तरहिन मदिरा बेचबिखनमा रोक लागायको नगरपालिकाले पछिल्लो समय मापदण्ड बिपरीत ब्यावसाय सञ्चालन गरिरहेका ब्यापारीलाई स्थानिय सरकारले बनाएको कानुन अनुसार कार्बाही गर्न थालेको छ ।

मदिरा सेवनकै कारण गाउँ घरमा महिला बालबालिका तथा जेष्ठ नागरिक माथी बिभिन्न घटनाहरु जिबितै रहेका बेला नगरपालिकाले दशैँ तिहार बिशेष अनुगमनलाई तिब्रता दिएको नगर उप प्रमुख अम्विका चलाउनेले बताउनु भयो ।

मदिरा सेवनकै कारण बिभिन्न बाहानामा घरेलु हिंसाको चपेटामा परेका दुरदाराजका महिला तथा किसोरीहरुलाई चुपचाप नबसी न्यायिक समिती र प्रहरीमा खुलेर समस्या राख्न कानुनी प्रक्रियामा जान उनले आग्रह गरिन ।

यस्तै नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत पदम बहादुर माझीका अनुसार मदिराको विरोधमा सबैभन्दा चर्को आवाज गर्ने, नगरको कामप्रति असन्तुष्टि गरिरहने मान्छेको पसलमा नै अबैध मदिराको कारोबार भइरहेको भेटिएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको मुख्य ब्यापारी केन्द्र विनायक बजार लगायत अन्य ग्रामिण बजारहरुका ब्यापारीलाई मापदण्ड बिपरित ब्यावसाय सञ्चालन गर्न स्थानिय सरकार ठुलो चुनौती बनेको देखिन्छ ।

यो पढ्नुहोस