मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपन्न तथा असहायको भगवान बनेको सोसेक दैलेखले अछाममा सेवा गर्दै

बिपन्न तथा असहायको भगवान बनेको सोसेक दैलेखले अछाममा सेवा गर्दै


सामाजिक कार्यमा संधै सहकार्य गर्ने – पञ्चदेवल नगर उप्रमुख चलाउने

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरिब तथा बिपन्न परिवारलाई बाख्रा बितरण गरेको छ ।

दैनिक जिबिको पार्जन गर्न कठिनाई भएका एकल महिला, एचआइभी संक्रमित , पिछडिएका बर्ग तथा बिपन्न घर परिवारलाई वडा नम्वर ४ कालिकास्थानमा बिहिबार एक कार्यक्रमका बिच १२ जनालाई ६० बाख्रा हस्तान्त्रण गरिएको हो ।

सामाजिक कार्यमा अग्रसर रहि कर्णाली प्रदेशमा परोपकारी काम गरिरहेको सोसेक दैलेखले शुदुरको पुर्बी अछाममा आफ्नो सेवा बिस्तार गरेको छ ।

कोरोना महामारीमा गरिब घर परिवारलाई राहत पुग्ने गरि पञ्चदेवल विनायक नगरपालीकाको लागी ६० प्याक चामल, ६० केजि दाल ३० केजि चिनी ८ केजि चियापत्ति ६० केजि नुन ६० पोका तेल, मास्क, ५ ओटा पिपि सेट सेनिटाइजर हस्तान्त्रण गरेको उक्त संस्थाले पछिल्लो समय बिपन्न परिवारलाई ब्यावसायिक र आत्मनिर्भर बनाउन पञ्चदेवल नगरपालिकाका लागी ७ लाख ६० हजारको लागतमा करिब १ सय बाख्रा बितरण गरिएको सोसेक दैलेखका रमेश रावतले बताए ।

बिहिबार वडा नम्वर ४ कालिकास्थानका वडा अध्यक्ष सज्जन शाहीको अध्यक्षतामा सम्पन्न बितरण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख देबराज देबकोटा प्रमुख अतिथी रहेका थिए ।

सोसेकले दिएका बाख्रा बिपन्न परिवारलाई हस्तान्त्रण गर्दै नगर प्रमुले बाख्राको सहि ढंगले पालनपोषण गर्न र आयआर्जनमा आत्मनिर्भर बन्न अनुरोध गरे ।

यस्तै कार्यक्रमा बिशिष्ट अतिथी रहनु भएकी नगर उप प्रमुख अम्विका चलाउनेले परोपकारी काम गरिरहेको सोसेक दैलेख संग नगरपालिका संधै सहकार्य र समन्वयका साथ अघि बढ्ने बताइन ।नगरपालिकालाई गर्न कठिनाई भइरहेको परोपकारी काम गरेको उक्त संस्थालाई धन्यवाद दिदैँ उनले आगामी दिनमा यस्तै सेवामुलक काम गरिरहन सोसेक दैलेखलाई अनुरोध गरिन ।

बाख्रा पाएका बिपन्न परिवारलाई बधाई दिँदै थोरै बाख्राबाट धेरै उत्पादन गरि ब्यावसायिक बन्न उप प्रमुख चलाउनेले आग्रह गरिन ।

विसं २०५४ सालमा दैलेखमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालविवाह, छाउपडी प्रथा, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान चलाउँदै विभेदरहित समाज निर्माणको अभियानमा सकृय भुमिका निर्वाह गर्दै आएको छ ।