मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकास्थानमा ब्याक्तिगत लगानीमा १५ सय मिटर सडक निर्माण

कालिकास्थानमा ब्याक्तिगत लगानीमा १५ सय मिटर सडक निर्माण


अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थानका बखत बहादुर शाही र अम्मर बहादुर शाहीले आफ्नो ब्याक्तिगत लगानीमा १५ सय मिटर सडक निर्माण गरेका छन ।

मध्यपहाडी सडक खण्ड देखी २ किलोमिटर भित्र रहेको बाम्नेमाणु देखी रिठा रुख सम्म करिब ६० हजार लागतमा सडक निर्माण गरेको समाजसेवी बखत शाहीले शुदुरआजलाई जानकारी दिए ।

वडा नम्वर ४ कालिकास्थान तथा साविकको वडा नम्वर ७ र ८ का नागरिक सडकबाटो घर सम्मै पुगे पछि खुसी भएका छन ।