कैलाली - दुई दिनदेखिको अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय, कैलालीले भजनी, टीकापुर नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाको ६ हजार ४०५ घर डुबानमा परेको जनाएको छ। जसका कारण दुई हजार परिवार विस्थापित भएका छन्। जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा सबैभन्दा बढी घर डुबानमा…