मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिना देखि विद्युत सेवा अवरुद्ध : उपभोक्तालाई सास्ती

एक महिना देखि विद्युत सेवा अवरुद्ध : उपभोक्तालाई सास्ती


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने बुढीन्दा नगरपालिकाको दानसाघुमा रहेको बड्डीगाड लघु जलविद्युत एक महिना महिना देखि अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुदा सो क्षेत्रका नौ सय घर परिवार प्रभावित भएका छन् ।

विद्युतको नहर तलपट्टी माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महिना देखि विद्यसत सेवा अवरुद्ध बनेको हो । पहिरोले नहर भत्काउन थालेकाले विद्यसत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।

लामो समय सम्म विद्युत अवरोध भएपछि बजारमा संचालन हुने विभिन्न सरकारी कार्यालय गैरसरकारी कार्यालयका कामकाज थप्प हुनुका साथै कोल्टी बजारमा संचालन भएका इलेक्ट्रोनिक पसल सम्म कामकाज गर्न पनि असहज भएको व्यापारीहरुले दुखेसो गरेका छन । वर्षा आएपछि माथीबाट पहिरो आएर नहरलाई क्षेति गरेपछि बजार गाउँघरमा उज्यालो बाल्न टिभी हेर्न मोबाइल चार्ज गर्न नपाएको उपभोक्ताको गुनासो रहेको छ ।

माथी सडकले गर्दा जति नहर बनाए पनि अझ पहिरो आएर नहरमा क्षेति पुगाएको छ ।कति नहर बनाउने बनाउनका लागि कामदार लगाएर कति बनाई सक्ने नहर बनाएर पानी हालेर विद्युत जलाएको एक दुइ दिन नबितेकै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक पटक यसरी नहर बिग्रिने हो भने हामीले विद्युत बाल्ने सपना नदेखे पनि हुन्छ अब सोलार ल्याएर जलाउनु पर्छ बाध्यता रहेको बुढीनन्दा नगरपालिका उपभोक्ताहरुले दुखेसो गरेका छन् ।

अब विद्युतको पराईमा नबस्दा पनि हुन्छ । सोलार हाले पनि हुन्छ किन विद्युतको आसा नगर्दा पनि उचित हुने बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय जंग बहादुर बोहराले बताएका छन ।विद्युत एक महिना देखी अवरुद्ध भएको हो नहर बनाउन समिति र गाउँले मिलेर बनाएर विद्युत संचालन भए पनि पहिरो आएर नहर पुरिएको केहि दिनमै माटो फाल्न लागाएर संचालनमा ल्याउने बढ्ढिगाड लघु जलविद्युतका व्यवस्थापक ध्रुव रेग्मीले जानकारी दिए ।

सडकले बर्खाको बेला त लाग्नै नहुने सडकबाट पहिरो खसेर विद्युत अवरोध भईहाल्छ दुई तिन पटक त नहर पुरिएर माटो फालेर विद्युत जलाएका थियौ ।अहिले त माथीबाट पटक पटक पहिरो खस्ने भएकाले हामीले एक महिना बितिसक्दा पनि विद्युत सञ्चालन गर्न सकेका छैनौ व्यवस्थापक रेग्मीले बताएका छन् ।