मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पीडितलाई कर्मचारी, शिक्षक र जनप्रतिनिधिले गरे आर्थिक सहयोग

बाढी पीडितलाई कर्मचारी, शिक्षक र जनप्रतिनिधिले गरे आर्थिक सहयोग


बाजुरा – साउनको अन्तिम साता राति परेको अविरल वर्षाका कारण बुढीगंगा नदिको मुहानबाट आएको बाढि र पहिरोबाट पिडित घरपरिवारलाई नगरले १३ लाख सहयोग गर्ने भएको छ ।बडिमालिका नगरपालिकाले आइतबार सार्वजनिक गरेको ५१ औ नगर कार्यपालिकाकोे बैठकले कर्मचारी,शिक्षक र जनप्रतिनिधीको एक महिनाको तलवबाट आउने ६ दिनको आधा रकम दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बाढी र पहिरोले नगरपालिकाको भौनेरा,घागर,रापक,जडांगा र ओलेना मैमातोला क्षेत्र लगायत विभिन्न ठांउँका घर गास बास लगाएका खेतियोग्य जमिन बगाएका पिडिलाई नगरपालिकाले विपद प्रभावितहरुका लागि कर्मचारिहरुबाट रु चार लाख हजार ५७४ त्यस्तै शिक्षकहरुबाट रु सात लाख ५१ हजार १२२ रुपैया र जनप्रतिनिधीहरुबाट एक लाख ३९ हजार ९३५ रुपैया गरी १३ लाख ६८ हजार ६३१ रुपैया संकलन भएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

नगरपालिकाले घरबास बगाएका छाना बगाएका एवं धनजनको क्षति भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडिमालिका नगरपालिकाले नगरपालिकामा कार्यरहत कर्मचारी शिक्षकहरुको पाँच दिनको तलव जनप्रतिनिधीहरुको ६ दिनको एक महिनाको सुविधाबाट घट्ने नगद राहत वितरण गर्ने निर्णय भएको एवं पिडित परिवारको जीविकोपार्जन तथा पुनःस्थापनाका लागि आवश्यक कानुन निमार्ण सहित प्रभावितहरुको आर्थिक सामाजिक भौतिक अवस्थाको अध्ययन गरि उचित सुझाव सहित प्रतिवेदन पेशका लागि एक समिति गठन समेत गरेको नगर प्रमुखले बताएका छन् ।

आइतबार बसेको नगर कार्य पालिकाको ५१ औ बैठकको निर्णयमा १३ लाख ६८ हजार ६३१ रकम संकलनबाट बुढीगगंगा नदीको बाढीले घरबास बगेका प्रभावितहरुलाई राहत स्वरुप प्रति परिवारलाई नगद रु २० हजार का दरले उपलब्ध गराउने, छानो बगेकालाई रु १० हजारका दरले राहत उपलब्ध गराउने र क्रियाखर्च वापत २० हजार उपलब्ध गराउने निर्णय भएको नगर उप प्रमुख कविता विष्टले बताइन्ल । अन्य रकम बालीनाली क्षतिको विस्तृत प्रतिवेदनका आधारमा उचित सहयोग गर्ने समेत निर्णमा उल्लेख गरेको छ ।