मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रशासक होइन जनताको सहायात्री भएर काम गर्छु : प्रजिअ उपाध्याय

प्रशासक होइन जनताको सहायात्री भएर काम गर्छु : प्रजिअ उपाध्याय


अछाम – जिल्लाका लागि प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै आउनु भएका गोकर्ण प्रसाद उपाध्यायले आफु प्रशासक भन्दा पनि जनतासंगै सहयात्रा गरेर अघि बढ्न चाहेको बताएका छन् ।हालै सरुवा भएर अछाम जिल्ला आउनु भएका प्रमुख जिल्ला अधिकारी उपाध्यायले कर्मचारीले जागिर गर्ने भन्दा पनि माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।

जनतालाई सेवाका साथै सुसूचित गराउने जिम्मेवारी कर्मचारी र अन्य सरोकारवालाको पनि भएको उनको भनाई छ । नागरिकता लिने हरेक सेवाग्राहीलाई हरेक एक घण्टामा एकमुष्ट नागरिकता प्रदान गर्दै विभिन्न सरोकारवालाको सहभागितामा नागरिकताको महत्व, नागरिकका कर्तव्य लगायतका बारेमा सुसूचित गर्न सके झन नागरिकमा सकारात्मक कुराको प्रवाह गर्न सकिनेमा उनको जोड छ।

यस अघि कञ्चनपुर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी रहनु भएको सरुवा भइ अछाम जिल्ला आउनु भए पछि जिल्लाका सरोकारवालासंग छलफल गर्दै यस्तो उपाध्यायले यस्तो बताएका हुन् । उनले बजार अनुगमन तथा जिल्लाका विकास निर्माणका योजनाको अनुगमनलाई व्यवस्थित पारिने र गलत गर्नेलाई कानून अनुसार कारबाही गरिने प्रतिवद्धता जनाए ।

जिल्लामा गलत गर्ने व्यवासायीलाई कानून अनुसार कारबाही गरीने उनले बताए। कार्यक्रममा सहभागिहरुले अछाम जिल्लाका समसामयिक विषयवस्तु, विकृति, विसंगति, कोरोनाका कारण भएको समस्या, अव्यवस्थित मदिरा, महिला हिंसा, विकास निर्माणमा भैरहेको ढिलाई, नागरिकता लगायतका सवालबारे जानकारी गराएका थिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य चन्द्र बोहरा, कार्यालय सचिव नमराज न्यौपाने, नेपाली कांग्रेसका जिल्ला उपसभापति चन्द्र प्रसाद ढुंगाना, नेपाल रेडक्रस सोसाईटीका सभापति रत्न प्रसाद ढुंगाना, उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र कडायत, नागरिक समाज अछामका अध्यक्ष शंकर रावल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसअघि अछाम जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल धादिङ जिल्ला सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी उपाध्याय आउनु भएको हो । छलफलको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले गर्नु भएको थियो ।