गीता कुँवर, अछाम : सुदूरपश्चिममा दसैं तिहार जत्तिकै महत्व बिसु पर्वलाई दिइन्छ । रोजगारको सिलसिलामा भारतमा रहेका दसैं तिहारमा घर फर्किदैनन् । बिसु पर्वमा (नयाँ वर्ष) मा भने लामो समयदेखि नफर्किएकाहरु जसोतसो घर फर्किने गर्छन् । गाउँमा घर परिवार साथीभाइ बम्बैवाला कहिले आउँछन् भनी कुरेर बस्थे । बम्बैको नासो भन्दै भारतबाट आएकाहरु गाउँमा नरिवल र चक्लेट…