मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरा स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसार्दै

बाजुरा स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्सले लकडाउनमा यात्रु ओसार्दै


बाजुराको स्वामिकार्तिक गाँउपालिकाको एम्बुलेन्स लकडाउनमा यात्रु ओसार्दै गरेको पाईएको छ। नेपालगञ्ज बाट बाजुराका लागि आएको शुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्समा ६ जना यात्रु बोकेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराईले बताएका छन्।

नेपालगञ्ज, सुर्खेत, अछाम हुदै बाजुरामा आएको उक्क्त एम्बुलेन्समा ६ जना सबै स्वामिकार्तिक गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ। एक जना प्यारालाईसिसको बिरामी भएपनि अरु भने यात्रु नै रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्समा बिरामीको अबस्था हेरेर बढिमा २ जना कुरुवा ल्याउनपाँउने ब्यबस्थापन भएपनि तर यो एम्बुलेन्सले भने यात्रु सहित बोकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन्। यसरी एम्बुलेन्समा यात्रु बोक्नु सरासर गलत भएको मुद्धा चलाउने वताएका छन्।

अछाम जिल्लामै प्रहरीले रोक्न खोजेको थियो, बाजुरामा आएर क्वारेनटाइम राख्ने भनेपछि अछाम बाट छोडेको बाजुरा प्रहरीले वताएको छ। सरकारले आवतजावत नै बन्दगरिसकेको बेला यसरी एम्बुलेन्स यात्रु बोक्दा जिल्ला जोखिम रहेको कोरोनाको जोखिमहुन सक्ने स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन्। 

गाँउपालिकाअध्यक्ष चिरिञ्जीवि शाहिले भने एम्बुलेन्समा आएका ३ जना बिरामी रहेको बताउँछन्। तर प्रहरीले भने एम्बुलेन्समा आएकालाई सोध्दा एक जनामात्र बिरामी रहेको अरु कोही बिरामी नरहेको वताएका छन्। शाहिले भने गाँउपालिकाले ल्याउनु भनेको हैन्, तर अब आइसकेपछि गाँउपालिकाको क्वारेन्टाइमा राख्ने बताएका छन्। एम्बुलेन्स प्रहरी नियन्त्रण रहेको छ, भने आएकायात्रु भने बडिमालिका नगरपालिकाको मालिका  क्वारेनटाइमा राखिएको प्रहरीले जनाएको छ।

केही दिन पहिला मात्र बाजुराको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्स लकडाउनमा यात्रुओसारदै गरेको पाईएको थियो। धनगढी बाट बाजुराका लागि आएको से १ च ५२४ नम्बरको एम्बुलेन्समा १० जनायात्रु बोकेको बाजुरा आएको थियो। बाजुरामा बाहिर जिल्ला बाट यात्रु आउनक्रम रोकिएको छैन्, यसरी आउदा जिल्ला जोखिममा बन्ने स्थानियले वताएका छन्। – dineshkhabar