मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठक आज मंगलसेनमा सम्पन्न

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठक आज मंगलसेनमा सम्पन्न


जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठक आज मंगलसेनमा बिभिन्न निर्णय गर्दे सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष पुण्य बिक्रम पौडेलको अध्यक्ष्तामा बसेको बैठकले जारी लकडाउनलाई थप कडाई गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागी दाताहरुबाट प्राप्त राहत स्वास्थ सामाग्री, औषधी लगायत जिल्ला स्वास्थ कार्यालयलाई हस्तान्तरण गर्ने र सोको वाडफाड जिल्ला समन्वय समितिका प्रमुख,सहायक प्रमुख जिल्ला अधिकारी ,सम्बन्धीत स्थानीय तहका प्रमुख र स्वास्थ कार्यालयको प्रमुखको निर्णय अनुसा हुने,अत्याआवश्यक कामका लागी ई–पासको ब्यवस्था गर्ने,लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समतिका प्रमुख नरबहादुर कँुवर,साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कँुवर,मगलसेन नगरपालिका प्रमुख पदम बोहरा,कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्ट,जिल्ला प्रहरी प्रमुख दिपक भारती,ससस्त्र प्रहरी नेपाल गल्म हेडक्वाटर अछाम ४९ नम्बरका डिएसपी देबेन्द्रबहादुर सिह,सहयक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादव,जिल्ला अस्पतालका डाक्टर मनोज बिष्ट,कमलबजार नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बिष्ट लगायतको उपस्थीति रहेको थियो ।