मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्तीका १५ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ

बस्तीका १५ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ


कमल रावल, बैशाख ३ अछाम

मंगलसेन नगरपालिकाका वडा नम्बर १३ बस्तीका १५ जनाको कोरोनाभाईरस परिक्षण रिपोर्ट नेगेट्भि आएपछि सुरक्षित घरको एकान्तबास बस्ने गरि घर पठाईएको छ ।

गत चैत ११ गते धनगढी पुुगेर अलपत्र परि होटेलमा बसिरहेका १२ जना पुरुष र ३ महिलालाई उद्धारगरि मंगलसेन नगरपालिकाले आफ्नै पहलमा गाडी पठाएर आज मंगलसेन ल्याएको थियो ।

मंगलसेन ल्याएर जिल्ला अस्पतालमा डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीले रयापिड डाइग्नोष्टिक टेष्ट (च्म्त्) गर्दा सबैको रिपोर्ट नेगेट्भि आएको जिल्ला अस्पताल अछामका डाक्ट्र अतुल भारद्धाजले बताउनु भयो ।

सबैको स्वास्थ्य परिक्षण गर्दा नेगेटिभ आएपछि सुरक्षित घरको एकान्तबास बस्ने गरि बस्ती पठईएको मंगलसेन नगरपालिकाका प्रमुुख पदम बहादुर बोहराले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय अछाम र कैलाली प्रशासनको नियमित समन्वयमा बस्तीका १५ जनालाई नगरपालिकाले नै २५ हजार रकम खर्च गरि गाडी रिजर्व गरेर ल्याईएको प्रमुुख बोहराले बताउनु भयो ।

मंगलसेन पुरयाएर कोरोना परिक्षण गर्दा कसैलाई पनि लक्षण तथा नदेखिएकाले वडा नम्बर १३ का अध्यक्षको रोहबारमा सुरक्षित घरमा बस्ने गरि ८ हजार गाडी खर्च समेत नगरले बेहोर्ने घर पठाईएको उहाँले बताउनु भयो ।

उनिहरु सबै स्वस्थ्य रहेकाले आफुले सबैसँग नियमित छलफल गरि सुरक्षित घरमा बस्न तयार रहेकाले सबैलाई ढुक्कका साथ घरमा बस्न नगरप्रमुुुख बोहराले आग्रह गर्नु भएको छ ।