दुई खोलाको संगम, माथि अग्लो पहाड। पहाडमाथि उभिएको छ दरबार। ‘बिम्कोट दरबार’ का नामले परिचित यो संरचना वर्षौंदेखि अछामको पहिचान बनेर उभिएको छ। जीर्ण बनिसकेको भवनको वास्तुकलाले ऐतिहासिकता झल्काउँछ। साथै दरबारसँग जोडिएका किस्साले जोसुकैलाई कल्पनालोकतिर लैजान सक्छ। साथै यसबाट नेपाली लोकसंस्कृति, पूराकथाका अनेक प्रसंगमा बुझ्न पनि सघाउ पुग्छ। अछाम साँफेबगरको एयरपोर्ट बजारबाट सात किलोमिटर पैदल…