डोटी - सुदूरपश्चिम प्रदेशवासीले अर्को प्रमुख चाड उत्तरायणी पर्व मनाउन थालेका छन । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि पर्व मनाउन थालेका हुन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी तथा दाुर्चलाका स्थानीयवासीले आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भएर खाना पकाइ खाने तथा दिनभरि सुदूरपश्चिमेली देउडा…