मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्यमा अछामबाट बिसीको उम्मेद्धवारी

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्यमा अछामबाट बिसीको उम्मेद्धवारी


अछाम : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको सदस्यका लागि अछामबाट २ जनाको उम्मेवारी परेको छ । नेपाल प्रेस यूनियनले अछामबाट पत्रकार धमेन्द्र बिसीलाई प्रदेश सदस्यको उम्मेद्धवार बनाएको छ । अछामको भागमा १ सदस्य परेपछि जिल्लाबाट निर्विरोध बिसीलाई टिकट दिईएको प्रेस यूनियन अछामले जनाएको छ ।

बिसी एक दशक देखी पत्रकारीता पेशामा क्रियाशिल छन् उनले अछाम, कैलाली, सुर्खेत र बाँकेमा समेत पत्रकारीता गरेको अनुभव छ । पत्रकार बिसी हाल अछाम जिल्लाबाट प्रसारण हुने रेडियो जाल्पाका कार्यकारी निर्देशक हुन् भने नेपाल समाचार पत्र दैनिकका लागि अछामबाट सम्बाददाताको रुपमा समेत कार्यरत छन्।

प्रेस युीनयन सहित ११ संगठनको एलाईन्समा बनेको गठबन्धनको साझा उम्मेद्धवार भएकाले आफु जित्नेमा ढुक्क रहेको बिसीको भनाई छ । एकमत भएर प्रदेश सदस्यमा बिसीलाई जिताउन सबै लाग्नु पर्ने प्रेस युनियनका नेता बेदप्रकाश तिमिल्सैनाले आग्रह गरे ।