मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा विकराल बन्दै आ’त्मह’त्या

सुदूरपश्चिममा विकराल बन्दै आ’त्मह’त्या


अछाम : पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिक–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे।

प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा थिए। तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ वर्षीय केशर रानाले झुण्डिएरै आत्महत्या गरेका थिए। उनी घर नजिकैको रुखमा झुण्डिनुको कारण समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले अधिकांश आत्महत्याका घटनामा मुख्य कारण आर्थिक अभाव देखिने गरेको बताए। 

उनले कोरोना संक्रमणपछि धेरै मानिस रोजगारी गुमाएर घरमै बसिरहेका कारण आर्थिक अभावमा दैनिक आवश्यकता पुर्ति गर्न नसक्दा घरायसी विवाद हुने क्रम बृद्धि भएको पाइएको जनाए।

 घरासयी विवाद हुँदा मानिस मानसिक रुपमा कमजोर बन्दै जाने र अन्नतः आत्महत्याको विकल्प रोजेको अधिकांश घटनाले पुष्टि गरेको उनी बताउँछन्। 

 अन्य जिल्लामा पनि कडाउनका कारण सुदूरपश्चिम प्रदेशका नागरिक आर्थिक संकटमा परेका र सोहि कारण मनोवैज्ञानिक दबाव बढेर आत्महत्यासम्म पुग्ने गरेका अनुमान गरिएको छ। 

गत वर्षको चैतमा लकडाउन भएपनि हालसम्म उक्त लकडाउनको प्रभाव रहेको बताइन्छ। गत आर्थिक वर्षको चुलनामा चालु आर्थिक वर्षमा आत्महत्याका घटना बढि रहेको पाइएको हो। 

गरीबी, अशिक्षा, भौतिक विकटता लगायतका कारणले मानिस आत्महत्या गर्ने गरेको देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी  दिपायलका प्रमुख उत्तमराज सुवेदी बताउँछन्। 

आर्थिक अभावसंगै समाजिक सञ्जालको दुरुपयोग समेत आत्महत्याको कारण बन्न थालेको पाइएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध, अनैतिक सम्बन्ध तथा प्रेम सम्बन्धको गलत प्रयोगले मानिसहरु आत्महत्या गर्दै आएका छन्।

 तर सुदूरपश्चिममा आर्थिक अभाव र मनोवैज्ञानिक समस्याको निदान हुन नसक्नु आत्महत्याको प्रमुख कारण रहेको मनोरोग विषेशज्ञ डाक्टर गणेश खडकाले बताए। 

आत्महत्याको दर नियन्त्रण गर्न निकै चुनौतीपूर्ण विषय भएको उनको बुझाइ छ।  आत्महत्या रोकथामका लागि मानसिक पीडा सुनाउन निःशुल्क टेलिफोन हटलाइन समेत उपलब्ध छन्। 

तर मानिसले आफ्नो पीडा आफैँमा गुम्साएर राख्नाले मानसिक समस्याले मानिसलाई आत्महत्याको बाटो रोज्न बाध्य तुल्याउने गरेको पाइएको छ। 

प्रदेश र स्थानीय तह तथा समुदायहरूमा आत्महत्या रोकथामका लागि पर्याप्त प्रयासहरु नभएका कारणले पनि आत्महत्यामा कमी नआएको दाबी गरिएको छ। 

सुदूरपश्चिम प्रदेश गत आर्थिक वर्ष ५ सय ३३ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ४३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। – दिनेशखबर