मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप

सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना भाइरसविरुद्धको खोप


कैलाली – सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ। 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले गत माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको हो। 

कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। 

कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र  डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएको प्रवक्ता कार्कीको भनाइ छ। 

अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो। 

सुदूरपश्चिमसहित देशभर नै गत माघ १४ गतेदेखि खोप अभियान सुरु गरिएको थियो। 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा खोप अभियानको शुभारम्भ गरेका थिए। प्रदेशमा पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले लगाएका थिए।