मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोर व्यावस्थापन नहुँदा दुर्गन्धित बन्दै विनायक बजार, सरसफाईमा युवाले देखाए सक्रियता

फोहोर व्यावस्थापन नहुँदा दुर्गन्धित बन्दै विनायक बजार, सरसफाईमा युवाले देखाए सक्रियता


अछाम : पत्रकार महासंघको ६६ औँ स्थापना दिवसको अवसर पारि अछामको पञ्चदेवल विनायक नगरपालिकाको मुख्य पर्यटकीय गन्तव्य पञ्चदेवल मन्दिर सरसफाई गरिएको छ ।

जनजागरण युवा क्लब लयाँटी तथा अछामको पुर्बी भेगका पत्रकारको विशेष आयोजना र पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा सोमवार बिहानै मन्दिर परिसर तथा आसपासका क्षेत्रहरु सफाई गरिएको हो ।

फोहोर व्यावस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको विनायक बजार सरसफाई गरि स्थानिय ब्यापारीहरुलाई नयाँ पाठ सिकाउने तथा जागरुक गराउने उदेश्यले वजार सरसफाई गरिएको जनजागरण युवा क्वलबका अध्यक्ष दिनेश केशीले बताए । केहि समय अघि देखि विनायकमा सञ्चालन भएको अछामी होरी आइतबार सकिए पश्चात झनै वजार फोहोर भएकाले सरसफार्ई लाई जोड दिइएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउनेका अनुसार अव्यवस्थित तथा दुर्गन्धित बन्दै गएको वजार सरसफाई गर्ने सबैको दायित्व भएकाले विशेष गरि ब्यापारीहरुले आफ्नो पसल अगाडी सरसफाई गर्नु पर्ने जोड दिइन । संरक्षणको प्रखाइमा रहेको पञ्चदेवल मन्दिर व्यवस्थित गर्न नगरपालिकाले छिटै कार्ययोजना बनाउने उपप्रमुख चलाउनेले आश्वासन समेत दिईन ।

पौराणिक इतिहाँस बोकेको धार्मिक स्थल भित्रै दिनानु दिन दुर्घन्धित भैरहेको प्रति दुख ब्यक्त गर्दै पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले धार्मिक स्थल भित्र यसरी जथाभावी थुक्नु,पिसाव गर्नु,फोहोर फाल्ने जस्ता अनैतिक कार्य अमानवीय व्यवहार भएकाले मात्रै गर्ने भएकाले कसैलाई यस्तो कार्य नगर्न आग्रह गरे ।

पञ्चदेवल मन्दिर सरसफाई अभियानमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सर्जन बहादुर शाही, वडा नम्वर ३ का अध्यक्ष शुरेन्द्र कुमार शाही,नगरपालिकाका स्वास्थ्य साखा संयोजक लक्ष्मिकान्त बजगाईँ, रोजगार संयोजक भरत राज अधिकारी,प्रशासन साखा संयोजक खेमराज ढकाल लगायत अन्य कर्मचारी, ब्यापारी, समाजसेवी लगायतले सरसफाई गर्दै साथ दिएका हुन ।