धनगढीः सुदूरपश्चिमका कोरोना अस्पतालहरु कोरोना संक्रमित विरामीले भरिएपछि स्थानको चरम अभाव सिर्जना भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले स्थानको खोजीमा रहेको बुझिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्थान, जनशक्ति तथा उपकरण व्यवस्थापनमा जुटेको हो। यसैबीच मन्त्रालयले निर्माधिन गेटा मेडिकल कलेजको भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न पहल थालेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले उपलब्ध स्रोत साधनको उच्चतम…