धनगढीः धनगढीमा वाल्मिकी इन्टरनेश्नल स्कुल खुलेको छ। पढाइकै कारण सुदूरपश्चिमबाट पलायन हुनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै धनगढीमा सुविधा सम्पन्न स्कुल खुलेको सञ्चालकले बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै वाल्मिकी इन्टरनेश्नल स्कुलका अध्यक्ष दिनेशराज भण्डारीले सुदूरपश्चिममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न विद्यालय सञ्चालनमा आउन लागेको बताएका हुन्। विभिन्न समाजसेवीको लगानीमा विद्यालय खुलेको अध्यक्ष भण्डारीले बताए। ‘धेरै अभिभावकले…