अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई जारी राखेको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई निरन्तरता दिएका हो । सोही अन्र्तगत आज जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाँउपालिकाका बजार अनुगमन गरिएको छ । सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमन जारी राखिएको तिमिल्सैनाले बताए…