मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका बजार क्षेत्रमा अनुगमन तिव्र, जगयढका ५ पसललाई ३० हजार जरिवाना

अछामका बजार क्षेत्रमा अनुगमन तिव्र, जगयढका ५ पसललाई ३० हजार जरिवाना


अछाम ः जिल्ला प्रशासन कार्यालय अछाले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई तिव्रता दिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएका हो ।

कोरोनाको कहरमा समेत सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमनलाई तिव्र पारिएको तिमिल्सैनाले बताए । सोही अन्र्तगत सहायक आज जिल्लाको जयगढ बजार क्षेत्रमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सहितको एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।

अनुगमनमा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका पाँच जना व्यावसायीलाई कारबाही गरिएको छ । अनुगमन भएका ७ पसलमा ५ वटा पसललाई ३० हजार जरिवाना र ७ वटैलाई सचेत गराईएको छ ।

जयगढ बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामना खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै जिल्लाका अन्य ठाँउमा उपभोक्ताको हित हनन् हुने कार्य भएगरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको छ ।

जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए । पछिल्लो ५ दिनमा जिल्ला प्रशासन कार्यालय अछामद्धारा जिल्लाका बिभीन्न बजार क्षेत्रमा गरिएको अनुमनबाट ५ लाख बढीको सामाग्री जफतका साथै १२ जना ब्यापारीलाई कारवाही गरी ८७ हजार ५ सय जरीवाना गरेको छ ।