मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा कति छ सक्रिय कारोना संक्रमितको संख्या ?

काठमाडौंमा कति छ सक्रिय कारोना संक्रमितको संख्या ?


काठमाडौं । काठमाडौं हाल सक्रिय संक्रमितको संख्या करिब २५ हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले काठमाडौं उपत्यकामा २४ हजार ६४६ सक्रिय संक्रमित छन् ।

सबैभन्दा धेरै काठमाडौंमा १४ हजार ८७ सक्रिय संक्रमित रहेको तथ्यांक छ । ललितपुरमा ६ हजार २३५ र भक्तपुरमा ४ हजार ३२४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म काठमाडौं उपत्यकामा २ हजार ४१७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ६४०, ललितपुरमा ४४९ र भक्तपुरमा ३२८ संक्रमितको मृत्यु भएको हो । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै हालसम्म २ लाख ४४ हजार ४८३ जनामा कोरोना संक्रमण भइसकेको छ ।  

तथ्यांक अनुसार काठमाडौंमा १ लाख ९० हजार २५७, ललितपुरमा ३३ हजार ९२१ र भक्तपुरमा २० हजार ३०५ जनामा कोरोना संक्रमण भइसकेको छ ।