मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन अफ्रिकाद्वारा बयालपाटा अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग

एनआरएन अफ्रिकाद्वारा बयालपाटा अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग


अछाम : जिल्लाको बयालपाटा अस्पताललाई आज थप १० थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गतको अक्सिजन सिलिण्डर प्राप्त भएको हो ।

दाताहरुको सहयोगबाट प्राप्त सिलिण्डर अछमका समाजसेवी, जिल्ला विकास समिति अछामका पुर्व सभापति तथा नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्त्ररण गरे ।

यस अघि पनि उक्त अभियान मार्फत अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरेर अछाममा जम्मा ४० थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।

अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १ सय २५ थान अक्सिजन सिलिन्डर ९ खरिद सहति १ हजा २५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री गरि ३५ लाख भन्दा बढीको सहयोग गरेको छ ।

संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा एनआरएनए अभियन्ताहरु, सामाजसेवी संघ, सस्था र अभियन्ता, धनगढी स्थित ह्युमानिटी फाउन्डेसन, युगान्डाको रुपारेलिया फाउन्डेसन लगायतले सहयोग गरेको भन्दै धन्यावद ज्ञापन गरिएको छ ।

अछाम जिल्लामा अक्सििजन सिलण्डर पठाउन नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले समन्वय तथा सहजिकरण गरेका थिए । अक्सिजन सिलिण्डर हस्तान्त्ररण गर्न रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढा र स्टेशन म्यानेजर चन्द्र थापाले सहजिकरण गरेका थिए ।