काठमाडौं । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो । मेला–पर्म तथा खेतमा पानी लगाउने, धान रोप्नेजस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क हुने मन्त्रालयले अनुरोध गरेको…