अछाम: प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धि अन्तरक्रिया तथा गोष्ठि कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीको आयोजनामा बिहिबार अछाम बहुमुखी क्याम्पसको सभाहलमा जिल्लाका सम्बन्धित सरोकारवालहरु संग कृषि तथा पशुपन्क्षीका समस्यामाथी अन्तरक्रिया गर्दै सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कृषि विकासका क्षेत्रमा सरकार उदासीन बनेको सहभागीहरुले बताएका छन्…