मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्दै तनहुँ आउने टुरिष्ट उम्मेदवारलाई भन्नुपर्छ, कांग्रेस चोकमा राखेको मादल होइन: गगन थापा

घुम्दै तनहुँ आउने टुरिष्ट उम्मेदवारलाई भन्नुपर्छ, कांग्रेस चोकमा राखेको मादल होइन: गगन थापा


तनहु : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट केन्द्रीय सदस्यसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन्।

आज तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन्।

भट्टराईले पार्टीभित्रका नयाँ र पुराना नेताहरूलाई जोड्न सक्ने र गठबन्धन दलहरूलाई पनि साथसाथै लैजान सक्ने थापा बताउँछन्। ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ- तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन।

यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने,’ थापाले भने। महामन्त्री थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए।

गत मंसिरमा चुनाव जितेका तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा धन्यवाद दिन पनि भट्टराईलाई उपनिर्वाचनमा ‘सानदार मत’ ले जिताउनुपर्ने थापाको भनाइ थियो।