उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।निरीक्षणपछि श्रेष्ठले प्रहरी कर्मचारीलाई निर्देशन पनि दिएका छन्। गृहमन्त्री श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरे। प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा गृहमन्त्री श्रेष्ठले पुष्प गुच्छा अर्पण…