भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। 'सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौं। सबै देशवासीले आ-आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला,' गृहमन्त्री खाँणले भने, 'अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौं।' हिमाल, पहाड र तराईमा…