मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पावर परियोजनाद्वारा सम्पन्न क्रियाकलापको अनुगमन

पावर परियोजनाद्वारा सम्पन्न क्रियाकलापको अनुगमन


अछाम । वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित पावर परियोजनाद्वारा सम्पन्न क्रियाकलापको अनुगमन गरिएको छ ।

विपन्न परिवारको जीविकोपार्जनका लागि वाक नेपालद्वारा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ मा सञ्चालित परियोजनाको जिल्ला अध्यक्ष बल बहादुर केसी र महासचिव अप्सरा कुँवरको नेतृत्वमा आइतबार स्थलगत अनुगमन तथा भ्रमण गरिएको हो ।

वडा नम्बर १ मा जलु देवी ढकाल,दिपीका धमाला,भानुभक्त तिमिलसैना,लाल कामीको शौचालय अवलोकन,जीवनउपयोगी सीप तथा कार्यमुलक साक्षरता कक्षामा सहभागी किशोर किशोरी संग छलफल तथा श्री जाल्पेश्वरी मा.वि. अवलोकन त्यस्तै वडा नम्बर २ अन्तर्गत युवा लघु उद्यमी संग भेटघाट तथा छलफल अन्तर्गत कल्पना धमला,दिपीका धमला,बिर्मा कठायत रोकायको सिलाई कटाई,देविसरा शाहीलाई बाख्रापालन,मिन ढकाल,सुस्मिता बुढा,कलम बिक को किराना पसलको अनुगमन त्यस्तै हातेमालो बचत तथा ऋण सहकारी संस्थाको समेत अवलोकन गरिएको छ ।

वडा नम्वर २ मा नृप नेपाली,उदे दमाई,कलशा देवि जैशीको शौचालय अवलोकन गर्नुका साथै उवा लघु उद्यमी अन्तर्गत प्रकाश आउजी:मोवाईल मर्मत,कल्पना धामी : सिलाई कटाई,रत्ना धामी रावत :बाख्रा पालन,निर्मला ढकाल : कस्मेटिक,शान्ती खड्का रावत :सिलाई सिकेका युवा व्यवसायी संग भेटघाट तथा छलफल भएको उक्त पावर परियोजना पञ्चदेवल विनायक फिल्ड अधिकृत रमेश रावलले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ४ कालिकास्थानमा ऋषिकुल माद्यामिक विद्यालय,अम्बिका माद्यामिक विद्यालय,कुच्ची स्वास्थ्य चौकी लगायतमा परियोजना सञ्चालनको गतिविधीको अनुगमन गरिएको रावलले सुदूरआजलाई जानकारी दिए ।

युवा उद्यमीहरुलाई जीवनमा आइपर्ने समस्याका बारेमा समयमै सचेत भई जोखिम व्यवस्थापन गर्न सहयोग गर्नुका साथै निर्णय गर्ने क्षमताको विकास गर्ने । आफ्नो जीवन सहज यापनका लागी व्यक्तिगत योजना, लक्ष्य तथा उद्येश्य पहिचान गर्न मदत गर्ने,यौन तथा प्रजनन स्वास्थ्य,पानी,स्च्छता तथा सरसफाई सम्बन्धि जानकारी दिने उद्येश्यले वाक नेपनल र सेभ द चिल्ड्रेनको साझेदारीमा पावर परियोजना सञ्चालन गरिएको वाक नेपाल अछामका अध्यक्ष बल बहादुर केसीले अनुगमनका क्रममा बताए ।

अध्यक्ष केसीका अनुसार ९० प्रतिसत काम प्रभावकारी भएको छ । विपन्न परिवारका लागी निकै सेवामुलक परियोजना भएकाले लक्षित समुहले वाक नेपाल अछामलाई धन्यवाद ज्ञापन समेत गरेका छन ।

वडा नम्बर १ र ३ मा वाक नेपाल अछामका अध्यक्ष बल बहादुर केसी र वडा नम्बर २ र ४ मा वाक नेपाल अछामका महासचिव अप्सरा कुँवरको नेतृत्वमा सम्बन्धित वडाका अध्यक्ष तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखको सहभागीतामा अनुगमन गरिएको हो ।