डा अरुणा उप्रेती 'अ'बाटअमिलो /चरिअमिलो, अमला बुढापाकाहरूले यसलाई अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन्। यसले गर्दा दूध उत्पादन बढ्छ। युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ। सानो छँदा खुब भाँडा-कुटी खेलिन्थ्यो। ठुला मानिसको देखासिकी गर्दै भोज पनि हुन्थ्यो। भाँडा-कुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो। त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो…